Monday, 15th June, 2026
वि.स.

आदिवासी जनजाती विभेद गरेको बिभेदकारी संविधान मान्दैनौ-बराम

बलवीर भुजेल
नेपाल आदिवासी जनजाती महासंघ ३ न. प्रदेश  तदर्थ समन्वय परिषदको  सिन्धुलीमाढीमा भएको प्रथम अघिवेसन लाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले  आदिवासी जनजातीको हित विपरित र उपेक्षा गरि ल्याएको संबिधान नमान्ने बताएका छन् ।

नेपालको संविधान त्रुटीपूर्ण भएको र नेपालको आदिबासी जनजातीको पहिचान माथिनै हस्तक्षप गरेको बताए । राज्यपूर्ण आयोगले सिफारिस गरेको पहिचान सहितको ११ प्रदेश सहितको संघियता चाहेको जिकीर गरे । खस आर्य र दश्नामी समुदयको जस्तै सबै जनजातीहरुको पहिचान कायम हुनुपर्नेमा जोड दिनभएको छ । हरेक आन्दोलन र परिर्वतनका समयमा जनजातीहरुले लड्नुपने र सहादत प्राप्त गर्ने  तर सरकार र सत्तामा खस आर्यले राज गर्ने प्रवृतीको अन्त्य नभए सम्म आदिवासी जनजाती आन्दोललन नरोकिने समेत बताए । 

आदिवासी जनजातीको जातीय पहिचान र स्वायत अधिकार र ११ प्रदेशको राज्यपुनः संरचना नभए सम्म नेपालको संविधान नमान्ने र हरेक संविधान दिवसमा आदिवासी जनजातीहरुले कालो दिवस मनाउने समेत बताए । लोकसेवा आयोगले निकालेको स्थानिय तहमा कर्मचारी नेपालका आदिवासी जनजातीले संबैधानिक रुपमा पाएको आरक्षण समेत कटौती गर्दै लगेको  गरिब विपन्न, सिमान्तकृत ,पछाडी परिएका सुदाय लाई  राज्यको मुलधारमा ल्याउनको लागि आरक्षणको ब्याबस्था लागु गरिएको हो  तर ससमाबेसी र समानुपातीकको टोकरीमा राज्यको मुलधारमा रहेका खस आर्य लाई समावेस गनुहुदैन भन्ने आदिवासी जनजातीको मुद्धा रहेको बताए । 

संविधानले लक्षित बर्गको बजेट समेत कटौती गरेकाले स्थानीय सरकारले बजेटको सिलिङ बनाउदा लक्षित बर्गाको भाषा कला साहित्य लाई संरक्षणमा जुट्न र आदिवासी जनजातीको उपलब्धी लाई संस्थागत गर्नसमेत आग्रह गर्नु गरे ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०