nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आदिवासीको जनजातिको प्रदेश अबिधेशन सिन्धुलीमा हुने 

aadibasi-1568250640.jpg

बलवीर भुजेल/सिन्धुली

नेपाल आदिबासी जनजाती महासंघ ३ नं। प्रदेश तदर्थ परिषदको प्रथम अबिधेशन असोज ४ र ५ गते सिन्धुलीमाढीमा हुने भएको छ । २५ भाद्रमा सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै प्रथम प्रदेश अबिधेसन सिन्धुलीमाढीमा गर्ने जानकारी गराएको हो ।

“सामाजिक मुद्धा सहितको राजनीतिक जागरण, पहिचान सहित समृद्धिका लागि प्रदेश नं। ३ लाई नेवाःताम्सालिङ नामाकरण” भन्ने मुल नाराका साथ अधिबेशन हुने आदिवासी जनजाति महासंघ ३ न। प्रदेश तदर्थ परिषदका अध्यक्ष काजिमान थिङले जानकारी दिए । अधिबेशनलाई मध्यनजर गर्दै सिन्धुलीका ९ वटै स्थानीय तहमा नेपाल आदिबासी जनजाती महासंघ नगर तथा गाउँपालिका समन्वय अधिबेसन समेत सकिएको उनको भनाई छ ।

अधिवेशनमा ३ नम्बर प्रदेशका सम्पूर्ण प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुको समेत उपस्तिथि रहने पत्रकार सम्मेलनमा जनाएको छ ।  सिन्धुलीमाढीमा हुने पहिलो प्रथम अधिबेसनले नयाँ नेतृत्व चयन गर्नुका साथै नीति तथा कार्यक्रमहरु पारित गर्ने बताईएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)