nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आत्महत्यालाई न्यूनिकरण गर्न बागमतीमा मोटिभेसन सेमिनार

गाउँपालिकामा हुने आत्महत्यालाई न्यूनिकरण गर्न एक दिवसीय चेतनामुलक मोटिभेसन सेमिनार सम्पन्न भएको छ । लियो क्लव अफ हेटौडा भुटनदेविले बागमती गाउँपालिकाको जनता माविको सभाहलमा सम्पन्न सो कार्यक्रममा आत्महत्याका कारण र त्यसलाई निर्मुल गर्न अपनाउन सकिने कदमबारे जानकारी गराईएको थियो ।

सेमिनारको प्रमुख अथिति तथा बागमती गाउँपालिका वडा नम्बर—८ का वडा अध्यक्ष धन बहादुर योञ्जनले घरमा बुवाआमाले गाली गर्दा, अभिभावकले मोबाइल नकिनिदिँदा, सामान्य झगडा लगायतका विविध कारणले आत्महत्या हुँदै आएको बताए । महत्वपुर्ण विषयलाई समेटि यस अभियान चलाउनु नै सकरात्माक रहेको बताए । स्थानिय तहले गर्नु पर्ने काम लियो क्लवले गरेको भन्दै यस अभियानमा बडाले सक्दो सहयोग गर्ने बताए । उनले गाउँपालिकाको सबै वडाका जनताहरु माँझ कार्यक्रम संचालन गर्न अग्रह गर्दै यस्ता जनचेतनामुलक कार्यक्रममा सबैले साथदिन समेत आग्रह गरे । 

वडा नम्बर—३ को वडा अध्यक्ष लाल बहादुर पाख्रिनले एक पटक आउने जिवनमा आत्महत्या गर्नु महापाप भएको भन्दै यसलाई जनचेतनाको माध्यमले पूर्ण निर्मुल गर्न अति आवश्यक रहेको समेत उहाँले बताएका थिए ।

इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले गरिवी, वेरोजगारी, सम्बन्ध विच्छेद, डिप्रेसन, पारिवारिक कलह आदि हुने गरेको बताउँदै प्रस्तुत कारणलाई पहिचान गरि आत्महत्या गर्न खोज्नेमा सकारात्मक सोच ल्याई त्यस्ता कार्य निर्मुल गर्न आम अभिभावक तथा जनसमुदाय अग्रसर हुनुपर्ने बताएका थिए ।

जनता माविका प्रध्यानध्यापक वसन्त राईले विद्यार्थीहरु,जनप्रतिनिधि, समाजसेवि बिचमा यस कार्यक्रम राख्नु नै सकरात्मक रहेको बताउनु भयो । उहाँले यस अभियान सबै विद्यालयहरुमा संचालन गर्न आवश्यक रहेको भन्दै सक्दो सहयोग गर्ने बताए । आत्महत्य गर्नु जगन्य अपराध भएको भन्दै यसलाई उन्मुलन गर्नु आजको आवश्यकता रहेको बताए । 

युवा लिडर तथा समाजसेवि अरुण बलले आत्महत्याको घटना बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नु गरे । लागि सरकारी तथा गैह्रसरकारी संस्थाहरुले आत्महत्याको घटना न्यूनीकरण गर्नको नलागेको भन्दै अब गाउँपालिकाले यस अभियान संचालन गर्नु पर्नेमा जोड दिए । यस कार्यक्रम गाउँपालिकामा आवश्यक रहेको भन्दै सबैको साथ सहयोगको जरुरी रहेको बताए । 

शिक्षा प्रेमी शंकर पराजुलीले परिवार, समाज र राज्यको संरक्षण नपाउँदा मानिसले निरीह ठान्ने हो र केही परे परिवार, आफन्त, समाज र राज्य छ भन्ने लाग्यो भने कसैले आत्महत्याको बाटो नरोज्ने बताए । आत्महत्याको सबैभन्दा महत्वपूर्ण कारण समाज, उत्पादन प्रणाली र अर्थ–सामाजिक व्यवस्था रहेको भन्दै यस तर्फ सरकार गम्भीर हुनु पर्नेमा जोड दिए । 

कार्यक्रममा प्रशिक्षक तथा मोटिभेसनल स्पीकर थाहा कला केन्द्रका अध्यक्ष समेत रहेका सानोबाबु मोक्तानले आत्महत्या गर्नेमा विशेष युवा रहेको बताउँदै प्रेम, पढाईको तनाव तथा अन्य विभिन्न कारणले आत्महत्या हुने गरेको भन्दै यस्तो कार्य न्यूनिकरणमा अभिभावक र युवाबीच नियमित संवाद गराई युवाहरुको समस्या अभिभावकले बुझेर त्यसको समाधान निकालिदिनुपर्ने बताए ।

साथै मोटिभेसनल स्पीकर सौजन डिसिले आत्महत्याका विभिन्न कारणहरु खोजको विषय भएको भन्दै आत्महत्याको प्रकृती, कारण र त्यसको निदानबारे विभिन्न अध्ययनको समेत आवश्यकता रहेको बताएका थिए । सो समिनारमा आत्महत्य न्यूनिकरण गर्न परिवार,समुदायको भुमिका,र आत्महत्य हुनुको कारण,समास्याको समाधान लगायतको बारेमा प्रशिक्षण गराइएको थियो ।

पछिल्लो समय मकवानपुर जिल्लामा आत्महत्या बृद्धि भईरहेको कारण यसलाई न्यूनिकरण गर्नको लागि यस कार्यक्रमको आयोजना गरिएको लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्ष रुपक कालिराजले बताए । यस अभियान गाउँपालिका मात्रै नभई सिंगो मकवानपुरको सबै स्थानिय तहमा संस्चालन गर्ने योजना समेत रहेको उनले बताए । 

लियो क्लव अफ हेटौडा भुटनदेविको सदस्य तथा कार्यक्रम संयोजक रामजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, अभिभावक लगायत गरि करिब ३ सय जना सहभागिता रहेको थियो ।

कार्यक्रममा गायक, चित्रकार तथा मोटिभेसनल स्पीकर अमिर बोम्जन, गायक तथा मोटिभेसनल स्पीकर सौजन डिसि, थाहा कला केन्द्रका अध्यक्ष तथा मोटिभेसनल स्पीकर सानोबाबु मुक्तान लगायतले सहजीकरण गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)