Friday, 19th June, 2026
वि.स.

आज राक्सिराङ गाउँपालिकाको सेवा बन्द

raksirang-1606976040.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा बिहिबार बन्द हुने भएको छ ।गाउँपालिकाको कार्यालयले सूचना जारी गरी सेवा बन्द हुने जानकारी गराएको हो ।

गाउँपालिकाले जारी गरेको सूचनामा राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को कार्यालय सहायक खुपबहादुर मल्लको निधन भएकोले गाउँपालिकाबाट हुने सबै सेवा बिहिबारको लागि बन्द हुने जनाइएको छ ।

कार्यालय सहायक मल्लको बुधबार निधन भएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०