nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आज पालुङ क्याम्पस परीक्षा केन्द्रमा ३५० विद्यार्थीले दिए अँग्रेजी विषयको परीक्षा

exam-pic-1653887950.jpg

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको पहिलो दिन आज १६ जेठमा पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा ३५० विद्यार्थी सहभागी भएका छन् ।

आज पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा भएको हो । आजको परीक्षामा पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा छात्र १२० र छात्रा २३० गरी ३५० परीक्षार्थी सहभागी भएको केन्द्राध्यक्ष रामहरि अधिकारीले जानकारी दिए । १२ जना परीक्षार्थीहरु भने परीक्षा दिन नआएको उनले बताए ।

पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा थाहा नगरपालिकाका जनकल्याण मावि, बागेश्वरी मावि, बज्रवाराही मावि, सुन्दरीदेवी मावि, नाटेश्वर मावि र स्वच्छन्दभैरब माविका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

परीक्षा आगामी २५ जेठसम्म सञ्चालन हुनेछ ।  
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)