Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज दशैं, टीकाको साइत हेरिरहन नपर्ने

dasain-1476163828.jpg

नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको दशौं दिन आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।  तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।
असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।
आफ्ना मान्यजनहरूबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकस्वरूप लगाउने गरिन्छ ।

जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको गौतम बताउँछन् । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

आजको दिन गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने  प्रचलन छ ।
-तस्वीर गुगलबाट