Tuesday, 16th June, 2026
वि.स.

आजैबाट फेरि विदेशबाट चार्टर्ड उडान, फर्किनेलाई होटलबास अनिवार्य

Udan-1598316720.jpg

विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः सुरु चार्टर्ड उडान हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउने छ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउनेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । यो दिन नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु ल्याउने छ ।

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले बोकेर काठमाडौं ल्याउने गरी तालिका तय गरिएको छ । सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यसअगाडी ८ दिन उद्धार उडान हुन लागेको हो ।

अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।