nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

आजबाट न्युज क्लब नेपालको शुभारम्भ

clob-1537697902.jpg

       हेटौँडामा आजबाट न्युज क्लब नेपालको शुभारम्भ गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको क्लबको आज प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पौडेलले प्रदेश नंबर ३ को राजधानी हेटौँडाबाट सुरु भएको न्युज क्लब एउटा राम्रो फोरम भएको बताए ।
मकवानपुरमा यस्ताखाले फोरमको आवश्यक्ता रहेको भन्दै उनले न्युज क्लबले सहि विषय उठानमा आफुलाई केन्द्रीत गर्नुपर्ने बताए । नेपालको हरेक परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका अहम रहेको भन्दै मुख्यमन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समृद्धीको सरकारी मिसनमा समेत सहयोग गर्नुपर्ने बताए ।
मुलुकमा अहिले सरकारले समृद्धिको अभियान सुरु गरेको भन्दै उनले उक्त समृद्धिको अभियानमा पत्रकारहरुले पनि साथ दिनु पर्ने बताए । प्रदेशको राजधानी हेटौँडालाई बनाउने विषयमा पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण हनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का सांसद प्रेमबहादुर पुलामीले न्युज क्लब नेपालले आवाज विहिनहरुको आवाजको लागि सहयोगी भूमिका खेल्नुपर्ने बताए । पत्रकारीताले सहि, सत्य, तथ्य समाचारहरुलाई बाहिर ल्याउनको लागि सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उनले आगामी कार्तिकबाट खबरब्रेक मासिक तथा खबरबे्रक टिभिको पनि सुरुवात गर्ने बताए । कार्यक्रममा ग्रामिण क्षेत्रमा रहेर पत्रकारिता गरेको भन्दै पत्रकार शिवकुमार काशीलाई बेलप्रसाद दाहाल ग्रामिण, सामजिक पत्रकारिता पुरस्कार तथा आर्थिक क्षेत्रमा पत्रकारिता गरेका रुपेश दुलाललाई शिव, सत्यरुपा आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिने समेत दाहालले जानकारी दिए ।
प्रदेश नंबर ३ की सांसद जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका नेता श्रीधर पोखरेल, वानका केन्द्रीय सदस्य उज्वल चौलागाई,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाई, प्रदेश महासचिव कृष्ण सारुमगर लगाएतको अतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)