Monday, 15th June, 2026
वि.स.

आजदेखी सबै बैंक खुल्ने

Bank-1588904457.jpg

बैंक तथा वित्तीय संस्थाले २६ वैशाखदेखि सबै शाखा संचालन गर्ने भएका छन् । बीमा कम्पनीका शाखा कार्यालयहरु पनि संचालनमा आउनेछन् । बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका शाखा कार्यालयहरु शुक्रबारदेखि लगातार खुल्ने तयारी भएको छ ।

कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् । सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो संचालन गर्दै आएका थिए ।

नेपाल बैंकले भने सबै कार्यालयबाट सेवा दिँदै आएको छ । बैंकवित्त तथा बीमा कम्पनीहरुले यसका लागि स्थानीय तहसँग समन्वयन गर्नुपर्ने छ ।