nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आग्राका पीडितलाई अनुदान लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता

मकवानपुरको आग्रा गाविसका भूकम्पपीडितहरु अनुदान रकम लिनका लागि सदरमुकाम हेटौंडा पुग्न बाध्यछन् । आग्राका भूकम्पपीडित जयराम थापा घर बनाउने अनुदान रकम लिन सदरमुकाम आएको तीन दिन नाघिसकेको थियो । शुक्रबार हेटौंडा पुगेका उनी हेटौंडा १० स्थित मेनरोडमा रहेको नेपाल बैंकको शाखामा रकम बुझ्न जाँदा ढिलो भयो । त्यसै दिन गाउँ फर्कने तयारी गरेर आएका उनले सदरमुकाममै नबसी सुख पाएनन् । शनिबार बिदा परेकाले उनले अनुदान लिनकै लागि तीन दिन खर्चनु प¥यो । हेटौंडामा तीन दिन बिताउँदा भाडाबाहेक दैनिक हजार रुपैयाँका दरले खर्च भएको थापाले बताए । यद्यपी आग्रा लगायतका गाविसलाई मकवानपुरको थाहा नगरपालिकामा रहेका बैंकहरु नजिक भएपनि पुर्ननिर्माण प्राधिकरणले बैंक सम्झौतामा ध्यान पु¥याउन नसक्दा पीडितहरु थप दुख झेल्न बाध्य छन् ।  

अहिले आवास अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँ लिन वित्तीय संस्थामा बिहानैबाट लाइन लाग्ने गरेको छ । जिल्ला विकास समिति मकवानपुर पुनर्निर्माण एकाइका सदस्य सचिव किसान न्यौपानेका अनुसार अनुदान सम्झौता गरेकाहरूले धमाधम रकम लगिरहेका छन् । पुनर्निर्माण प्राधिकरणले ३० हजार दुई सय ३८ जनालाई पहिलो चरणको अनुदान किस्ताका लागि योग्य ठहर गरी नामावली प्रकाशन गरेको थियो । तीमध्ये १६ हजार नौ सय ९३ जनाले पहिलो किस्ता लगिसकेका छन् । जिल्लामा १८ हजार ७ सय ८२ जनासँग अनुदान सम्झौता भइसकेको छ ।
मकवानपुरमा अहिलेसम्म २६ हजार ९ सय ९ जनाले गुनासो फारम दर्ता गराएका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)