nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आक्रमणमा घाईते बालिकाको स्वास्थ्य अबस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सांघातिक आक्रमणबाट घाईते भएका चेपाङ बालिकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकाछन् । 

चितवनको राप्ती नगरपालिका १३ का २ जना बालबालिका माथि आईतबार सांघातिक आक्रमण भएको थियो । उनीहरु भरतपुर अस्पतालमा उपचाररत् रहेका छन् । घरायसी सामान किनेर घर फर्कने क्रममा १६ वर्षीय र १० वर्षीय बालिका माथि अन्दाजी ३० वर्षको पुरुषले बलात्कारको प्रयास गर्दै आक्रमण गरेका थिए । आइतबार दिउसो २ बजे आक्रमणमा परेका बालिकाहरुको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । आक्रमणमा परेपनि प्रतिकारपश्चात ति पुरुष भागेको उनीहरुले बताएका छन् ।

घाइते बालिकाहरुको उपचारमा कुनै कमी हुन नदिने मुख्यमन्त्री पौडेलले बताए ।  उनले भने–‘अस्पताल ल्याएपछि आवश्यक उपचार भइराखेको जनाकारी पायौं अब उनीहरुको उपचार सरकारले निशुल्क गर्छ ।’  तत्काल घटनाको विषयमा प्रहरी र अस्पतालबाट आफ्नो जिम्मेवारी पूरा गरेकाले दोषीलाई नियन्त्रणमा लिएर छिटो कार्बाहीको प्रकृयामा जाने पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द्र शाहले दोषी छिट्टै सार्बजानिक गर्ने बताउनुभयो । बालिकाहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनको लागि मुख्यमन्त्री पौडेलसहित मुख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाकी प्रमुख प्रभा वराल गएका थिए ।