Monday, 15th June, 2026
वि.स.

आइतबारदेखि उपत्यकामा गाडी चलाउन टाइम कार्ड

ktm-1589035240.jpg

लकडाउनका समयमा चल्ने सवारी साधन अब ‘टाइम कार्ड’ का आधारमा सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ । सवारी साधनमा टाइम कार्ड लागू गर्ने विषयमा गृह मन्त्रालयले स्वीकृति दिइसकेको उनले बताए ।

शुक्रवार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिारी, सुरक्षा निकाय र ट्राफिक महाशाखाको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने उनले जानकारी दिए ।

सरकारी कार्यालयहरुलाई विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ ।

ढकालका अनुसार वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०