Tuesday, 16th June, 2026
वि.स.

अस्पतालको लापर्वाहीले संक्रमितको मृत्यु भएको भन्दै रिट दायर

coart-1597894179.jpg

अस्पतालको लापरवाहीका कारण कोरोना संक्रमित बुबाको मृत्यु भएको दाबी गर्दै उच्च अदालत विराटनगरमा रिट गरेको छ । सीताराम दाहालको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा २८ साउनमा मृत्यु भएको थियो । दाहाल नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

न्यूनतम स्वास्थ्य आवश्यकता पुरा नगरेका कारण बुबाको मृत्यु भएको भन्दै छोरी निलिमा दाहालले रिट दायर गरेकी हुन् । ‘अस्पतालमा बुबाको अवस्था बुझ्दा बिरामीको अवस्था सामान्य रहेको र बिरामीलाई केही हुँदैन भनेर हामीलाई पठाइएको थियो,’ निवेदनमा भनिएको छ, ‘तर बुबालाई कसैले वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको कारण स्वास्थ्य असामान्य भएर मृत्यु भयो ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल, प्रदेश सरकारको कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई विपक्षी बनाएर दायर गरिएको रिटमा बुबाले न्यूनतम स्वास्थ्य उपचार समेत नपाएकाले छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०