Wednesday, 29th July, 2026
वि.स.

अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाइ, ६४ प्रतिशत नेपालीको आवेदन अस्वीकृत

sydney-2672026021226-1000-1785299550.jpg

 

 

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब ६४ प्रतिशत विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो ।

पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनोट प्रक्रियामा अझ कडाइ गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्यधिक वृद्धि भएको हो ।

अस्ट्रेलियाले विद्यार्थीको राम्रो छनोटका लागि देशलाई अलग-अलग वर्गीकरण गरी भिसा आवेदन लिने गरेको छ । ‘इभिडेन्स लेभल’ का आधारमा गरिने छनोट प्रक्रियामा नेपाल पछिल्लो समय सबैभन्दा तल्लो लेभल ३ मा रहेको यस क्षेत्रमा काम गरिरहेकाको भनाइ छ । यसअघि नेपाल दोस्रो नम्बरमा थियो । केही महिनाअघि गरिएको पुनरावलोकनबाट तेस्रो नम्बरमा झरेको हो ।

नेपालबाट सबैभन्दा धेरै भिसा अस्वीकृत हुने अध्ययनको क्षेत्र व्यावसायिक शिक्षा परेको छ । खर्च कम लाग्ने र छोटो अवधि हुने भोकेसनल ९भेट० कोर्समा त झन्डै ९० प्रतिशत विद्यार्थीको भिसा अस्वीकृत भएको छ । तथ्यांक हेर्ने हो भने ५ सय ४९ जनाले भिसा आवेदन दिएकामध्ये यसमा ५६ जनाले मात्र भिसा पाएका छन् ।

अस्ट्रेलियामा अहिले करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ५६ हजार यसअघि नै भिसा पाएका पुराना विद्यार्थी हुन् भने करिब ४ हजार मात्र नयाँ भिसा पाएर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अस्ट्रेलियास्थित गृह मन्त्रालयका अनुसार अध्ययनका लागि आवेदन दिने नेपालीको संख्यामा समेत कमी आएको छ । गत जनवरीदेखि मेसम्मको तथ्यांकअनुसार उच्च शिक्षाका लागि अफसोर ९नेपालबाट० अध्ययन लागि आवेदन दिएका ७ हजार ५ सय विद्यार्थीमध्ये जम्मा २ हजार ७ सयले मात्र भिसा पाएका छन् । गत वर्षको सोही अवधिमा ८ हजार २८ जनाले आवेदन दिएकामा ७ हजार १ सय ६७ जनाले भिसा पाएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif