nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

असारमा मात्र १५ हजारको धितो रोक्का

dristi-1594007885.JPG

लकडाउनको मोडालिटी परिवर्तन भएसँगै घरजग्गा धितोमा राख्नेको संख्या बढेको छ ।

सरकारले लकडाउनको मोटालिटी परिवर्तन गरी १ असारदेखि कार्यान्वयनमा ल्याएपछिको १८ दिनमामात्रै देशभर १५ हजार १ सय ४२ घर/जग्गा रोक्का भएका छन् ।

जग्गा रोक्का गर्नेहरुको संख्या देशभरका मालपोत कार्यालयहरुमा धेरै रहेको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयहरु सञ्चालनमा आएपछि राजश्व संकलन पनि राम्रै भइरहेको विभागका निर्देशक गुरुदत्त सुवेदी जानकारी दिए । उनका अनुसार १ असारदेखि १८ गतेसम्म १ अर्ब ३२ करोड ४५ लाख ६३ हजार ८ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ । दिनप्रतिदिन कारोबार बढ्ने क्रममा रहेको विभागले जनाएको छ ।

कार्यालय खुलेको पहिलो दिन असार १ गते ३ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । यसैगरी तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजश्व संकलन भयो ।

यसरी राजश्व संकलन बढ्दै जाँदा १८ दिनमा १ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधिमा घरजग्गा फुकुवाको संख्या भने ९ हजार ८ सय ६० छ ।

यसैगरी १८ दिनमा २१ हजार ८ सय ९२ लिखत पारित भएको निर्देशक सुवेदीले जानकारी दिए । उनका अनुसार नामसारी भने ५ सय ५६ वटा भएको छ ।

यसैगरी १ हजार ३ सय ४१ वटा संशोधनको काम भएको छ भने ८ सय ४८ वटा प्रतिलिपिको काम भएको उनले जानकारी दिए । उनका अनुसार यस अवधिमा ६ सय ५२ वटा श्रेस्ता खारेज भएको छ ।

१८ दिनमा ७५ वटा अपार्टमेन्टको लिखत पारित भएको निर्देशक सुवेदीले जानकारी दिए ।