PMEP-ad-copy-1677390710.jpg
Wednesday, 22nd March, 2023
वि.स.

असल आमाहरू सम्मानित

dailekh_asalaamaharusamma-1675511104.jpg

जिल्लाको नारायण नगरपालिकाले असल आमाहरूलाई सम्मान गरेको छ। चालू आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश भएको असल आमा प्रोत्साहन कार्यक्रमअन्तर्गत असल आमाहरूलाई सम्मान गरिएको हो। असल आमाहरूलाई नगद दुई हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको स्वास्थ्य शाखा संयोजक नगेन्द्रबहादुर हमालले बताए।

विभिन्न पाँच वटा मापदण्ड पूरा गरेर पहिलो चरणमा असल आमा छनोट भएका एक सय पाँच जनालाई सम्मान गरिएको उनले बताए। ११ वडा रहेको नगरमा शुक्रबार वडा नम्बर १ देखि ९ सम्मका ८४ जनालाई सम्मान गरिएको हमालले बताए। वडा नम्बर १० र ११ का २१ जना असल आमाहरूलाई सम्बन्धित वडामै गएर सम्मान गरिनेछ।

असल आमा छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड तय गरेको थियो। २० वर्ष उमेर पुगी विवाह गरेको, सन्तान एक वा दुई मात्र भएको हुनुपर्ने मापदण्ड नगरपालिकाले बनाएको थियो। यस्तै गर्भावस्थामा प्रोटोकलअनुसार चार पटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र खोप तालिकाअनुसार बच्चालाई लगाउनुपर्ने सबै खोप पूरा गरेको हुनुपर्ने नगरपालिकाले बनाएको मापदण्डमा उल्लेख छ।  

नगरपालिकाले यी मापदण्डअनुसार तथ्यमा आधारित स्वास्थ्य सूचकांक सुधारका लागि असल आमाहरू छनोट गरेर सम्मान गरेको नगरप्रमुख लोमन शर्माले बताए। यो कार्यक्रम आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि सञ्चालन गरिएको नगरप्रमुख शर्माको भनाइ छ। उपप्रमुख तप्ताकुमारी थापाले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याएर बालमृत्युदर न्यूनीकरण तथा कुपोषण अन्त्य गर्न यो कार्यक्रम थालिएको बताइन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)