Wednesday, 17th June, 2026
वि.स.

अवैध मदिरासहित मकवानपुरका दुइ जना पक्राउ

pakrau2-1601889848.jpg

मङगलबार अवैध मदिरासहित मकवानपुरका दुइ जना सिमराबाट पक्राउ परेका छन् । एक हजार लिटर अवैध घरेलु मदिरासहित ना ६ ख ५४०४ नम्वरको ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा मङगलबार बुझाएको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौँडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी जाँचका क्रममा शंका लागि जाँच गर्दा सो मदिरा फेला परेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०