Wednesday, 26th August, 2026
वि.स.

अवरुद्ध हेटौंडा–फाखेल–काठमाडौं आवागमन सुचारु

Phakhel2-1532768539.jpg

पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाडौं आवतजावत सुचारु भएको छ । १२ साउन विहान करिब ८ बजेबाट इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खस्दा  अवरुद्ध आवागमन सुचारु भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो हटाएर एकतर्फी सवारी आवतजावत भइरहेको प्रहरीले जानकारी दिएको छ । सवारीसाधन गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 कुलेखानी–सिस्नेरी मार्ग निर्माणाधिन अवस्थामा रहेका कारण सबै सवारीसाधन कुलेखानी–फाखेल मार्ग भएर सञ्चालन हुने गर्दछन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif