Tuesday, 16th June, 2026
वि.स.

अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द

Hotal-1597154208.jpg

सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको न्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । 

प्रवक्ता युवराज खतिवडा

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । 'यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,' मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०