Wednesday, 26th August, 2026
वि.स.

अभिभावक भेला तथा पुरस्कार वितरण

Abibhabak-Bhela-&-Puraska-1533212008.JPG

दश महिने पेशागत कुक तह २ तालिम अन्तरगत अभिभावक भेला तथा पुरस्कार वितरण गरिएको छ । हेटौंडामा सञ्चालित तालिममा सहभागीका अभिभावक भेलामा तालिमका उत्कृष्ट प्रथम, दोस्रो र तेस्रा समूहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हो ।

जेठ १७ गतेदेखि सञ्चालित तालिममा ३७ महिलासहित ८० जनाको सहभागिता रहेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सीटीईभीटी) अन्तरगतको दीगो तथा सम्मानित रोजगारीका लागि सीप(ईन्स्योर) परियोजना मार्फत् तालिम भईरहेको छ । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रालि हेटौंडाका श्यामकुमार अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ईन्स्योर परियोजनाका क्षेत्रीय संयोजक तीलबहादुर रानाभाटको प्रमुख आतिथ्य तथा परियोजनाका अनुगमन अधिकृत कुशबहादुर गुरुङ्गको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रशिक्षक हिराप्रसाद पौडेल, सहभागीहरु प्रिस्तु नगरकोटी, प्रधमन गौतम, हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रका भीम भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा विनिता पौडेल, एजिना घले, विमल डंगोल, दीपक खड्का, सुमन अर्याल, सन्तोष तिवारी, रुपेश खड्का र हिराप्रसाद पौडेलले प्रशिक्षण दिईरहेका छन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif