Saturday, 20th June, 2026
वि.स.

अब शिक्षकको जिल्लान्तर सरुवा हुने

Ministry-of-Education-1614521659.jpg

शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०