nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अब व्यक्तिले व्यक्तिसँग जग्गा किन्न नपाइने, कम्पनीबाट मात्रै किनबेच गर्नुपर्ने व्यवस्था गरिँदै

land-development-1614484060.jpg

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ । घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउन लागेको हो ।

मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको जोशीले बताए । मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता रहेको भन्दै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त भूमि बजार अर्थात् ल्यान्ड मार्केटको प्रतिवेदनको पूर्णपाठ भने १५ दिनभित्र पेश गर्ने तयारी गरेको उनले जानकारी दिए । ‘ल्यान्ड मार्केट ल्याउनका लागि हामी प्रारम्भिक चरणमा छौं । यो नीतिगतरुपमा भूमिसँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यताप्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेको छ,’ उनले भने, ‘अब भूमि नीति, ऐन र यससँग सम्बन्धित केही व्यवस्थाहरू गर्नुपर्छ भन्ने विषयमा छलफल भइसकेको छ ।’

साथै, यसलाई कार्यान्वयन कसरी ल्याउने, कार्यविधि, ऐन–नियममा के–के हुनुपर्ने, संस्थागत संरचना कस्तो हुनुपर्ने र कसले कसरी काम गर्ने भन्ने अहिले अध्ययनको क्रममा रहेको उनले बताए ।

ठगी अन्त्यका लागि ‘ल्यान्ड मार्केट’
अहिले कुनै पनि व्यक्तिले जग्गा किन्छु भन्दा जग्गा कारोबार गर्ने ब्रोकरकहाँ जानुपर्ने हुन्छ । साथै, ब्रोकरमार्फत् पनि धेरै ठगी तथा अनियमितता हुनुका साथै कम राजस्व संकलन हुने भएकाले ल्यान्ड मार्केटको अवधारणा ल्याउन लागिएको प्रवक्ता जोशीको दावी छ ।

किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल र दलाललाई सम्पर्क गर्दा ठगिने डर पनि उत्तिकै हुने हुनाले सरकारले उक्त अवधारणा ल्याएको उनको भनाइ छ ।

‘अहिले मानिसले जग्गा किन्न चाहने व्यक्तिले सिधै ब्रोकरको सहयोगमा जग्गाका किनबेच गर्ने प्रचलन छ । साथै, घरजग्गा कारोबार गर्दा ब्रोकरको हाबी बढी छ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनमा ल्यान्ड मार्केटमार्फत घरजग्गाको कारोबार गर्नका लागि आधिकारिक संस्था तोकेको हुनेछ । जसबाट किन्न र बेच्नको लागि सहज हुनेछ ।’

यससँगै किन्न र बेच्न इच्छुक व्यक्तिहरूले आधिकारिक संस्थामा गएर आफूलाई पायक पर्ने र मनपर्ने स्थानमा सहजै जग्गा खरिद गर्न सक्ने उनले बताए । उक्त मार्केटबाट ग्राहकले किन्न र बेच्न इच्छुक व्यक्तिहरूले बिना झन्झट कारोबार गर्न सक्ने उनको बुझाइ छ ।

‘अहिले जग्गा धनीले पाउने मूल्य एउटा हुन्छ भने जग्गा किन्नेले तिर्ने मूल्य त्योभन्दा बढी हुन्छ । जसमा आफूले जग्गा बेच्दा न्यून मूल्यमा दिनुपर्ने र जग्गा किन्ने ग्राहकले उच्च मूल्य तिर्नुपर्छ । त्यसैले ब्रोकरले अधिकतम मूल्य असुल्ने कार्यलाई अन्त्य गर्न यो व्यवस्था ल्याउन लागको हो,’ उनले भने ।

साथै, सरकारी मान्यताप्राप्त संस्थामार्फत् कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून हुने मन्त्रालयको दावी छ ।
मन्त्रालयले ल्यान्ड मार्केट कार्यान्वयन ल्याएसँगै कर छली तथा राजश्व चुहावट नियन्त्रण हुने विश्वास लिएको छ । अहिले जग्गा कारोबार गर्ने व्यक्तिहरूले जग्गा धनीहरूबाट अत्यधिक नाफा लिन खोज्ने प्रचलन छ । त्यसैले घरजग्गा खरिद बिक्रीमा अनौपचारिक क्षेत्र हाबी भएकाले ल्यान्ड मार्केट ल्याउने वित्तिकै उक्त कार्यको अन्त्य भई सहज तथा सर्वसुलभ मूल्यमा जग्गाको कारोबार हुने उनले जनाए ।

यसरी हुनेछ किनबेच ?
पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत कारोबार बढेसँगै जग्गा कारोबार गर्ने व्यवसायीहरूले पनि जग्गाको कारोबार अनलाइनमार्फत् सूचना दिइरहेको पाइन्छ । विभिन्न ब्रोकरहरूले घरजग्गा कारोबारका लागि अनलाइन वेवसाइट दर्ता गरी घर तथा जग्गाको कारोबार गरिरहेको छ ।

जिटल प्लेटफर्मले गर्दा पछिल्लो समय सहज बनाएको व्यवसायीहरूको भनाइ छ ।

त्यस्तै, मन्त्रालयले पनि जग्गा खरिद–बिक्री गर्न चाहनेलाई अनलाइनमार्फत् खरिद– बिक्री गर्न सकिने व्यवस्था गर्नेछ । जसमा कुनै पनि जग्गा बिक्री गर्नुपर्ने अवस्थामा विस्तृत रुपमा उक्त जग्गाको विवरण राख्नेछ । साथै, सोही वेवसाइटमार्फत नै खरिद गर्ने व्यवस्था मिलाउनेछ ।

त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न इच्छुकले सोही मार्केटमा किन्न सक्छ । यसले गर्दा कति खरिद बिक्री गर्यो भन्ने रकेर्ड रहने जोशीको भनाइ छ । साथै, उक्त ल्यान्ड मार्केट कार्यान्वयना आएका घरजग्गा कारोबारमा सहजीकरण हुने मन्त्रालयको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)