Tuesday, 16th June, 2026
वि.स.

अब यि होटहरुमा क्वारेन्टिन संचालन गरिने [हेर्नुहोस नामावली]

hhhhhhh-1591498338.jpg

 विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

हेर्नुहोस् होटलहरुको सूची: