Tuesday, 16th June, 2026
वि.स.

अब उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो छ मापदण्ड

pasal-1591955022.jpg

 सरकारले ७९ दिन लामो लकडाउन बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि खुल्ला गरिएको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए । तर यसमा निश्चित शर्तहरू लागु हुन्छन् ।

सरकारको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पूरा गरेर उद्योग, व्यवसाय, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू, सरकारी तथा वित्तीय कार्यालय एवं रेस्टुरेन्टहरू सञ्चालन हुन पाउँछन् ।

सरकारको सोही निर्णयानुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेस्टुरेन्ट, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू र उद्योगधन्दा सञ्चालन गर्न निश्चित मापदण्ड ९प्रोटोकल० बनाएको छ । जो सेवा सुरुचारु गर्दा अनिवार्य गरिनु पर्छ ।

पसलमा के गर्ने ?

डिमार्टमेन्टल स्टोर, मार्ट तथा पसलहरु स्थानीय सरकारको समन्वयमा निश्चित समय खुल्ने छ । खुल्ला भएका यस्ता सेवा दिने व्यवसायमा संलग्न श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्नु पर्नेछ । यस्तै कार्यस्थल प्रवेश गर्नु पूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

कर्मचारी तथा श्रमिकको लागि खाजाको व्यवस्था कार्यस्थलमै गरिनुपर्छ । ग्राहक आफैले छानीछानी सामान खरिद गर्ने भएमा अनिवार्य रुपमा स्यानिजटाइजर प्रयोग गर्न लगाउनुपर्छ ।

यस्तै ग्राहकहरुबीच भौतिक दूरी कायम गर्न कम्तीमा एक मिटरको दूरी कायम गराउने, यसका लागि संकेत वा आवश्यक गोलो घेरा लगाउने काम गर्नु पर्दछ । यस्तै ग्राहक र कर्मचारी तथा व्यववसाय सञ्चालकले विद्युतीय माध्यामबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्छ ।

उद्योगमा सतर्कता 

सरकारको निर्णयपछि सञ्चालनमा आएका उद्योगहरुले श्रमिक तथा कर्मचारीलाई उनीहरुको बासस्थानदेखि उद्योग वा कार्यस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्छ । यसकालासग आवश्यक सवारी साधनको व्यवस्था उद्योगले नै गर्नु पर्नेछ भने सानधको क्षमताको आधा मात्रै यात्रु एकपटकमा बोक्नु पर्छ ।

आवश्यकताअनुसार उद्योग भित्र भौतिक दुरी कायम गर्ने गरी कर्मचारीलाई काममा लगाउने र आवश्यकताअनुसार सिफ्टमा उद्योगहरु सञ्चालन गर्नुपर्छ । यस्तै प्रत्येक सिफ्ट सुरुहुनु अघि कार्यस्थललाई अनिवार्य डिसइन्फेक्सन गर्नु पर्दछ ।

श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्ने, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

रेष्टुरेन्टको मापदण्ड

सरकारले लुजडाउन अवधिमा सुरक्षाको उपय अपनाएर होम डेलिभरी सेवा दिनेगरी रेष्टुरेन्ट खोल्ने दिने निर्णय गरेको छ । जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रोटकलअनुसार यस्तो व्यवसाय निश्चित समय अवधिमा मात्रै खोल्न पाइने छ ।रेष्टुरेन्टमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई सरसफाईको प्रोटोकलको पालना अनिवार्य गरिएको छ ।सबै कर्मचारीको कार्यालय आउने समयमा तापक्रम नाप्नेदेखि साबुन पानीले हात धुने तथा मास्क र स्यानिटाईजरको प्रयोग अनिवार्य गर्नुपर्छ ।

रेष्टुरेन्ट तथा खाजा घरको शौचालय नियमित सफाई गर्ने तथा अन्य टेबल कुसी पनि कम्तीमा दिनमा तीन पटक डिस इन्फेक्सन गर्नुपर्छ ।सबै टेबलमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्छ भने ग्राहकहरुको दूरी कम्तीमा एक मिटरको हुनुपर्दछ । कारोबारलाई बिद्युतीय भुक्तानी अनिवार्य गर्नु पर्ने प्रोटोकलमा भनिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०