Friday, 19th June, 2026
वि.स.

अबकाे ५ दिन स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ नहुने

Brefing-1603372122.jpg

गत चैतको दोस्रो साताबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ ५ दिन रोकिने भएको छ ७ कात्तिकबाट प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कार्तिक ७ गते देखि कार्तिक ११ गतेसम्म प्रेस ब्रिफिङ नहुने गौतमले बताए ।  

कार्तिक १२ गतेबाट थप परिस्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने गौतमले जानकारी दिए । उनका अनुसार दशैं बिदाका बेलामा पनि यसअघि अपडेट हुँदै आएका सामाजिक सञ्जाल, वेबसाइटहरुमा भने नियमित समयमै कोरोनाको अपडेट हुनेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०