nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अपडेटः हेटौंडा बस दुर्घटनामा तीनको मृत्यू (हेर्नुहोस् फोटोहरू)

05-1475402365.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बेलडाँडामा १६ असोजमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ५१ जना घाइते भएकाछन् । हाँडीखोला गाविसको मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस हेटौँडा १३ बेलडाँडामा दुर्घटनामा परेको हो । 
दुर्घटनामा हाँडिखोला–२ का चार वर्षीय बालक प्रमिस लामिछाने, २५ वर्षीय सुर्यबहादुर तामाङ र ३३ लक्ष्मी दाहालको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन्। घाइतेमध्ये ३९ जनाको चुरेहिल अस्पताल, १० जनाको हेटौंडा अस्पताल र दुई जनाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको उनले बताइन्। -फाेटाेहरू: शिवकुमार काशी