Wednesday, 2nd September, 2026
वि.स.

अधिकारीको नेतृत्वमा प्रेस संगठन मकवानपुर पत्रकार महासंघमा जाने

Dhurba-1616341917.jpg

 नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी नेतृत्वका लागि प्रेस संगठन नेपाल (तत्कालिन प्रेस सेन्टर) मकवानपुरले पत्रकार ध्रुव अधिकारीको नेतृत्वमा जाने निर्णय गरेको छ । आइतबार तत्कालिन प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा बसेको बैठकले महासंघमा तत्कालिन प्रेस सेन्टरको तर्फबाट अधिकारीको नेतृत्वमा पठाउने निर्णय गरेको हो ।

उम्मेदवार छनौट तथा अन्य संगठनसंग सहकार्य गर्नको बैठकले ५ सदस्य टोली निर्माण गरेको छ । उक्त टोलीमा संगठनका प्रदेश संयोजक शुनिल खड्का, भानुभक्त आचार्य,नानिमाँया बिष्ट, अञ्जली थापा, धु्रब अधिकारी रहेका छन् । त्यसैगरी बैठकले निर्बाचन परिचालन कमिटी समेत निर्माण गरेको छ । उक्त कमिटीमा ईच्छापुर्ण कार्की, राजकुमार केसी, शुभलक्ष्मी बिक, सरला अधिकारी, भावना रिजाल, अशोकसुजन श्रेष्ठ, दिल रुम्बा, अर्जुन संजेल र रुपा गुरुङ रहेका छन् ।

बैठकबाट संगठनको तर्फबाट महासंघमा जाने जिम्मेवारी पाएका अधिकारी दुई दशकदेखि मकवानपुरे पत्रकारितामा क्रियाशिल रही प्रेस संगठनको प्रदेश सदस्य, प्रेस सेन्टर मकवानपुरको सल्लाहकार, शिक्षा पत्रकार समूह वाग्मती प्रदेशका अध्यक्ष, खेलकुद पत्रकार मञ्च मकवानपुर, गढी पत्रकार समाजको सल्लाहकार रहेका छन् । बाइलाइन नेपाल डटकम र हेटौंडा खबरपत्र साप्ताहिकको सम्पादक, राजधानी दैनिकको संवाददाता रहेका अधिकारीले हेटौंडा सन्देश दैनिकसहित जिल्लाका विभिन्न सञ्चारमाध्यममा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

संगठनबाट नेतृत्व गर्ने अवसर पाएका अधिकारीले महासंघलाई सबै श्रमजीवी पत्रकारको साझा थलोका रुपमा विकास गर्ने बताएका छन् । आसन्न निर्वाचनमा सबै पक्षसँग सहकार्य गरेर महासंघमा नेतृत्वसहित उर्जाशिल टिम लैजान प्रयास गर्ने उनले प्रतिक्रिया दिए । महासंघको संस्थागत विकासदेखि श्रमजीवी पत्रकारको हकहित हुँदै स्वरोजगारमूलक सञ्चार माध्यमलाई बलियो बनाउनेलगायतका योजनासहित पत्रकारको माझ पुग्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता अधिकारीले जनाएका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif