Monday, 15th June, 2026
वि.स.

अज्ञात व्यक्तिको गोलि प्रहारबाट कैलाश गाउपालिकामा एक घाइते

N-1584694906.png


अज्ञात व्यक्तिको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिकामा एक जना घाइते भएका छन् ।   कैलाश वडा ८ नम्बरको आँगेटारमा आज विहान घरमा बसिरहको अवस्थामा विहान सवाँ ८ बजे तिर अज्ञात व्यक्तिले लाले भनेर चिनिने ३० बर्षिय जगत मोक्तानलाई पछाडिबाट दाइने छातीमा गोलि हानेको कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङले जानकारी दिए ।  

उनको अवस्था गम्भिर रहेको छ । त्यस घटनाका दोषीलाई प्रहरीले खोजि गरिरहेको जनाएको छ । उपचारको लागि हेलिकप्टरबाट लगिदै गरेको स्थानिय शिक्षक बाबुराम घलानले जानकारी दिए ।

 गोली प्रहारको खबर आएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताए । गोलि कस्ले र किन चलायो भन्ने कुरा खुलिनसकेको डिएसपी कार्कीले बताए ।

  
  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०