Saturday, 20th June, 2026
वि.स.

अकोराबमा कांग्रेस-ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन, कसको भागमा के ?

Ganu-1615208152.jpg

 देशभरका सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) मा ओली-कांग्रेस गठबन्धन सहमतिको घोषणा गरिएको छ ।

अहिलेसम्म एमाले आबद्ध व्यक्तिले नेतृत्व गर्दै आएको अकोराबको अध्यक्ष पहिलोपटक कांग्रेस निकट प्रेस युनियनले पाएको छ । बानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा घोषणा गरिए अनुसार अनुसार अध्यक्ष र महासचिव प्रेस युनियन ,वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष प्रेस संगठन नेपाल (ओली पक्ष) लाई दिने सहमति बनेको छ ।

शनिबार साँझ भएको सहमति अनुसार युनियनको नेतृत्वमा साझा उम्मेदवारी दिइने सहमति भएको थियो । ओली-कांग्रेस पक्षीय गठबन्धनमा जसपा, नेकपा मसाल, राप्रपा लगायत साना दल आबद्ध सञ्चारकर्मीहरू पनि सामेल भएका छन् ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत सहकार्य गर्ने गरी यो गठबन्धन बनेको बताइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०