nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

 ५५ जनालाई आधारभूत रेडियो पत्रकारिता तालिम प्रदान

Anmol-Training-2-1533212202.jpg

मकवानपुर, १६ साउन । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले साउन १० गतेदेखि थालेको ‘आधारभूत रेडियो पत्रकारिता तथा स्टेज पर्फोमेन्स तालिम’ आज समापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा सञ्चालित तालिमको आज समापन कार्यक्रम आयोजना गरी तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालको प्रमुख आतिथ्यता तथा रेडियो अनमोल संचालक समिति सदस्य कृष्णराज कोईरालाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तालिममा प्रशिक्षकहरुले रेडियो पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, स्क्रिप्ट लेखन, समाचार लेखन, नव रस लगायतका विषयमा आधारभूत प्रशिक्षण दिईएको रेडियो अनमोलकी कार्यक्रम संयोजक सलिना ढुङ्गेलले जानकारी दिईन् । तालिममा प्रशिक्षकहरु मनोहर ढकाल, रिपेश ऋिद्धि दाहाल, एमपी शर्मा, शिवहरी दाहाल, चन्द्र घलान, बलराम पुडासैनीसहित सलिना ढुङ्गेल र बालकृष्ण दाहालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलाल, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई र प्रशिक्षक रिपेश दाहालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न जोड दिए । कार्यक्रममा बोल्दै रेडियो अनमोलका संचालक समिति सदस्य कोईरालाले ‘पत्रकारले जे देख्छ त्यो लेख्छ’ भन्दै समाजलाई सुशुचित गर्ने कार्यमा अग्रसर हुन आग्रह गरे । कार्यक्रममा बोल्दै वक्ताहरुले मकवानपुरमा पत्रकारिताको ठूलो सम्भावना भएको औँल्याउँदै तालिममा सिकेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन आग्रह गरेका छन् । पत्रकारितामा सम्भावना र चुनौति दुबै रहेको कुरामा जोड दिँदै सिक्ने र घरमा बस्ने भन्दा पनि पत्रकारिता तालिम लिएर फिल्डमा उत्रन सुझाव दिए ।

कार्यक्रममा बोल्दै रेडियो अनमोलका स्टेसन संयोजक बालकृष्ण दाहालले तालिम लिएका मध्ये ३ जनालाई रेडियो अनमोलमा जागिरको अवसर दिईने समेत बताए । साथै अन्य मिडियाले समेत तालिम लिएकाहरुलाई जागिरको अवसर प्रदान गर्ने सल्लाह भएको सुनाए ।

कार्यक्रममा प्रशिक्षकहरु मनोहर ढकाल, रिपेश ऋिद्धि दाहाल, एमपी शर्मा, शिवहरी दाहाल, चन्द्र घलान र बलराम पुडासैनीसहित प्रमुख अतिथि खुलाललाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)