Wednesday, 26th August, 2026
वि.स.

 गाउँमा पहिलो पटक मोटर पुगेपछि फुलमालाले स्वागत 

sadak-6-1550988008.jpg

मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् । राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ । सडकको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सन्तबहादुर प्रजाले सडकले स्थानीय बासिन्दाको जीवन परिवर्तनमा सहयोग पुग्ने बताए । 

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मोटरबाटो खुलेसँगै स्थानीय बालबालिकालाई पढ्न जान–आउन र स्थानीय कृषि तथा पशुजन्य उत्पादन बजार पु¥याउन सहज हुने बताए । अध्यक्ष मल्लले आगामी आर्थिक वर्षमा काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने झिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ्ग, ७ नम्बर वडाका अध्यक्ष रामकुमार थिङ, ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण प्रजाले गाउँमा मोटर बाटो पुगेसँगै कृषि तथा पशुजन्य उत्पादनमा जोड दिए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङलगायतको उपस्थिति रहेको थियो ।

राक्सिराङ गाउँपालिका र स्थानीय उपभोक्ताको जनश्रमदान गरी ६० लाख रुपियाँको लागतमा सडक निर्माण गरिएको हो । आगामी आर्थिक वर्ष काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने भिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif