nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

“मार्खुको विकासको लागि आफ्नो छुट्टै योजना” : मोक्तान 

Kumari-1511521038.jpg

वामगठबन्धनको चुनावी सभा आज इन्द्र सरोवर गाउँपालिका वडा न.ं १ मार्खुमा सम्पन्न भएको छ । प्रमुख अतिथि क्षेत्र न.ं २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले कार्यक्रमलाई सम्बोधन गर्दै देशको सबै क्षेत्रमा तिव्र विकासको निम्ति वामपन्थीहरुको सरकारको विकल्प नभएको बताइन् । मकवानपुरको यो क्षेत्रलाई यहाँको नागरिकले सोचेको भन्दा राम्रो विकास गर्ने र आफ्नो छुट्टै योजना भएको समेत उनले दावी गरिन् ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा इन्द्र सरोवर गाउँपालिका चुनाव प्रचार प्रसार समितिका संयोजक डि के पुडासैनी, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य प्रकाश पाण्डे, इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जिवन लामा, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य पविना लामा लागायतको आतिथ्यता रहेको थियो ।

       त्यसैगरी शुक्रवार नै इन्द्र सरोवर गाउँपालिका अन्र्तगत मार्खु बजारमा पनि चुनावी सभा झमकलाल बलामीको अध्यक्षतामा भएको छ । कार्यक्रमलाई २न.ं निर्वाचन क्षेत्र प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले सम्बोधन गरेकी थिइन । कार्यक्रममा नेताहरु नेकपा माओवादी केन्द्रका प्रकाश पाण्डे, गाउँपालिका अध्यक्ष जिवन लामा, नेकपा एमालेका नेता डिके पुडासैनी, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, नेकपा (माओवादी केन्द्र) केन्द्रका नेता विष्णु विष्ट लगायतकाले बोलेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)