Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

‘अन्यदलसंग समिकरण गरेर माओवादीको एजेण्डा हराउन दिन्नौं’–उमेद्वार बल

नेकपा माओवादी केन्द्रले आफ्नो एजेन्डा स्थापित गर्नको लागि पनि कुनै पार्टीसंग एलाइन्स नहुने हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार बलराम बलले बताएकाछन् । बल माओवादी केन्द्रको तर्फबाट मेयरका उमेद्वार हुन् । स्थानीय निर्वाचनमा माओवादी केन्द्रको अन्य दलसँग समिकरण हुने संभावना नरहेको बताएका छन् । 

उम्मेद्वार घोषणापछि २२ फागुनमा पहिलो पटक हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बलले आफुहरुलाई ‘एलाइन्स’को नामँमा भड्काउन खोजेको आरोप लगाए । उनले माओवादी केन्द्रको एजेण्डामा निर्वाचन हुन लागेको निर्वाचनमा माओवादी केन्द्रलाईनै विजयी बनाउन नगरका जनतालाई आग्रह समेत गरे । 

कार्यक्रम माओवादी केन्द्रका नेता कमानसिंह पाख्रीनको अध्यक्षतामा भएको हो  ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०