Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

‘अखिल उद्घोष’ विमोचनः अनेरास्ववियु अग्रणी विद्यार्थी संगठन–नेता ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मुलुकको अग्रणी विद्यार्थी संगठन भएको बताएका छन् । उनले मुलुकको शैक्षिक आन्दोलनमा मात्र नभई सामजिक आन्दोलनमा समेत अनेरास्ववियुको महत्वपूर्ण योगदान रहेको भन्दै ज्ञावललीले प्रगतिशिल पथमा अझ शसक्त भएर लाग्नको लागि आग्रह समेत गरेका छन् । 

अनेरास्ववियु मकवानपुरले प्रकाशन गरेको ‘अखिल उद्घोष’को १८ माघमा उद्द्दाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । अनेरास्ववियु मकवानपुरका अध्यक्ष सन्तोष पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश नंबर ३ का सदस्यहरु कृष्णप्रसाद दाहाल, रामेश्वर राना, एमाले मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लाम लगाएतको आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०