nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

९ सय कर्मचारीको दरबन्दी स्वीकृत, संघीय समपुरक र विशेष अनुदान कार्यविधि स्वीकृत

सरकारले विभिन्न कार्यालय र आयोजनाका लागि करिब ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन् ।

बैठकले विभिन्न मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ पद सिर्जना गरेको हो । प्रवक्ता बाँस्कोटाका अनुसार बैठकले राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक २०७६ साउन देखी लागुहुने गरी बृद्धि गरेको छ ।

बैठकले समपुरक र विशेष अनुदान सम्बन्धी दोस्रो संशोधन २०७६ कार्यविधी स्वीकृत गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)