Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

८ नम्बर वडामा एकहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटि

आगामी निर्वाचनमा बाम गठबन्धनलाई जिताउन हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा एकहजार १ जनाको निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नेकपा एमाले र माओबादी केन्द्रको ८ नम्बर वडा कमिटिको संयुक्त भेलाले गणेशकुमारी प्रधान संयोजक र धर्मराज पुडासैनीको सहसंयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

कार्यक्रममा प्रतिनिधी सभा क्ष्इोत्र नम्बर १ का प्रदेश सभा २ निर्वाचन परिचालन संयाृजक श्रीधर पोखरेल र सहसंयोजक बालकृष्ण चौलागाईले कुनैपनि हालतमा मकवानपुरको हरेक क्षेत्रमा बाम गठबन्धन बिजयी हुने बताउँदै देशमा स्थायी बाम सरकार निर्माण हुने समेत बताउनुभयो । यसैगरी निर्वाचनलाई लक्षित गरि ७ सदस्यीय वडा स्तरिय स्टेरिङ कमिटि समेत गठन गरिएको छ ।

कमिटिमा गणेशकुमारी श्रेष्ठ, धर्मराज पुडासैनी, मोतीलाल लामा, बोलबहादुर कार्की, कृष्णगोपाल कार्की, यशोदा उप्रेती र रामबहादुर दुलाल रहेकाछन् ।