Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

७७ मध्ये ४४ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा (सूचीसहित)

 कोरोनाभाइरस (कोभिड–१९)का कारण ७७ मध्ये विभिन्न ४४ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका ३५  जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने बाँकी ९ जिल्लामा आंशिक रहेको छ ।  आंशिक निषेधाज्ञा भएका जिल्लामा नुवाकोट, हुम्ला, झापा, मकवनपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेक रहेको छ । 

यसैगरी  पूर्ण निषेधाज्ञा गरिएको जिल्लामा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, चितवन, दोलखा, सिन्धुपाल्चोक, सिरहा, मोरङ, सुनसरी, रुपन्देही, अर्घाखाँची, स्यांजा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलवस्तु, बर्दिया, डोटी, दाङ, बझाङ र बागलुङ रहेको छ । यस्तै डोल्पामा जारी निषेधाज्ञा हटाइएको छ ।

स्वास्थ्य मन्त्रालयले २०० देखि ५०० सम्म कोरोनाको सक्रिय संक्रमित भएको जिल्लामा बन्दाबन्दी तथा ५०० बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न अनुरोध गर्दै आएको छ। 

 

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg