nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा कार्यक्रम

congress-1483239922.jpg

हेटौंडा/ नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवस अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।
तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाको पर्वाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फकिर्नुभएको थियो । नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमिमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उहाँको मान्यता रहेको वक्ताहरुले बताउनुभएको छ ।
प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ । वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको छ । अहिले सबैजसो राजनीतिक दलहरुले यसलाई अनुसरण गरेका छन् ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख सल्लाहाकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, तारानाथ चौलागाई, लोकबहादुर मुक्तान, पवित्रा विश्वकर्मा, दामोदर सुवेदी, भीमबहादुर भोम्जन, केशवप्रसाद काफ्ले, रमेश गिरी, हरीप्रसाद पौडेल, श्याम सुवेदी, हरिश्चन्द्र सापकोटा, कुमार पौडेललगायतकाले वीपी र गणेशमानलगायतले देश र जनताप्रति पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र विभिन्न गाविसका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)