nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

३ बुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

CabinetM30-1614866557.jpg

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए । एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते (भोली) सार्वजनिक हुँदै छन् ।

भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)