Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

३ नम्बर प्रदेश सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध

प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ एमाले पोलिट ब्यूरो सदस्य हुन् । उम्मेदवारी दर्ताका लागि २७ माघ दिउँसो १ बजेसम्म समय तोकिएकोमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । 

काठमाण्डौमा २६ माघमा भएको संसदीय दलको निर्वाचनपछि एमालेको संस्थापन पक्षले सानुकुमार श्रेष्ठलाई सभामुख बनाउने निर्णय गरेको थियो ।काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन् । उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ । वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई परेको छ ।

प्रदेश ३ मा उपसभामुख भने माओवादी केन्द्रले पाएको छ । १ सय १० सदस्यीय प्रदेश ३ मा एमालेको एकल बहुमत छ । उसका ५८ सदस्य छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०