Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

२ नम्बर प्रदेशमा दुई स्थानीय तहमा मात्र माओवादी काँग्रेस तालमेल

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तेस्रो चरणको निर्वाचनमा भने दुई वटा स्थानीय तहमामात्रै तालमेल भएको छ। 
दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये झण्डै २० वटा स्थानीय तहमा तालमेलको प्रयास भएपनि कांग्रेस र माओवादी केन्द्रबीच दुईवटामा मात्रै तालमेलको सहमति भएको हो।

कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्रै कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको बताए।

उनले मिथिला नगरपालिकाको मेयर कांग्रेसले लिएको र उपमेयर माओवादी केन्द्रलाई दिइएको बताए। यस्तै, तालमेल भएको बाराको निजगढ नगरपालिकाको मेयरसहित ७ वटा वडा अध्यक्ष कांग्रेसले लिने र उपमेयरसहित ६ वटा वडा अध्यक्ष माओवादीले लिने सहमतिसहित मनोनयन दर्ता गरिएको छ।

ढुंगानाले चितवन महानगरपालिकामा मनोनयन गरिसकेपछि उम्मेदवारी फिर्ता गराउनु परेको घटनाप्रति सतर्कता अपनाउँदै मनोनयन अघि नै तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय लिइएको बताए।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनदेखि तालमेल गर्दै आएका सत्तारुढ दल यसपटक अलि टाढिएकाछन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)