nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१६ बोरा गाँजा सहित भारतीय नागरिक मनहरीमा पक्राउ

मकवानपुरमा तीनसय ७ किलो गाँजा सहित एकजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका स्थित मनहरी प्रहरी चेकपोष्टबाट १६ बोरा गाँजा सहित भारत मोतीहारी पुर्वी चम्पारण वडा नंम्बर ७ बस्ने अशोककुमार दुबेलाई पक्राउ गरेको हो । 

मकवानपुरको सुनाचुरीबाट लोड गरिएको गाँजा र भारतीय डब्लु वि ११–८५२४ नंबरको गाडी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त लामाले बताए । पक्राउ परेका दुबेलाई हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् ।

३ चैत्र बिहान २ बजे भारतीय गाडी सहित दुबेलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको लामाको भनाई रहेको छ ।