nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१३ कात्तिकमा थाहानगरमा टोपबहादुर रायमाझी आउने

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी १३ कात्तिकमा थाहानगर  आउने भएका छन् । एमाले थाहाको नगर अधिवेशनलाई सम्बोधन गर्न रायमाझी थाहानगर आउन लागेका हुन् । 

१३ कात्तिकमा पालुङ जेसीजको सभाहलमा हुने नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेता टोपबहादुर रायमाझी आउने टुङ्गो लागेको एमाले प्रदेश कमिटी सदस्य बरिना बलले थाहाटाइम्सलाई जानकारी दिइन् । 

केन्द्रीय नेताकै उपस्थितिमा अधिवेशन सम्पन्न गर्नुपर्नेमा कार्यकर्ताको जोड रहेको र जनमोर्चाकालदेखि नै थाहानगरसँग रायमाझीको सामिप्यता रहेकोले उनलाई नै प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको एमाले थाहा नगर अधिवेशन आयोजक कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले बताए । 

सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भएपछि रायमाझी एमालेमै रहेका नेता हुन् । उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, मणि थापा, प्रभु साह लगायत नेताहरुसँग एमालेमै रहेर नेतृत्व तहमा रहेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य रहेका रायमाझी २०७४ सालको आम निर्वाचनमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट ५०,३८५ मत प्राप्त गरेर बिजयी भएका थिए । 

केपी ओली सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका रायमाझीले आफूहरूको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारेका थिए ।


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)