nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

१२ कक्षाको परीक्षामा पालुङ क्याम्पसमा के भयो ? [हेर्नुहोस फोटो फिचर सहित]

राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने १० जोड २ को परिक्षा बैशाख १४ गतेबाट सुरु भएको छ । उत्तरी मकवानपुर थाहा नगरपालिकाको एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा  परिक्षा सन्चालन भएको छ । 

मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गरेको कक्षा १२ को परिक्षाको पहिलो दिनको परिक्षा शान्तपुर्बक सम्पन्न भएको छ । उत्तरी मकवानपुर थाहा नगरपालिकाको एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा शुक्रबार सञ्चालन भएको १०ं जोड २ को परिक्षा शान्तपुर्बक सम्पन्न भएको हो ।

हेर्नुहोस् फोटो फिचर:

उत्तरी क्षेत्रमा रहेको जनकल्याण माध्यामिक बिद्यालय, बज्रबाराही माध्यामिक बिद्यालय र स्वच्छन्द भैरब माध्यामिक बिद्यालय गरि ३ वटा बिद्यालयको परिक्षा केन्द्रको रुपमा पालुङ बहुमुखी क्याम्पसलाई निर्धारण गरिएको छ ।

पहिलो दिनमा जनकल्याण मा बि बाट २ सय १० जना, बज्रबाराही मा बि बाट ७६ जना र स्वच्छन्द भैरब मा बि बाट २५ जना गरी ३ वटै बिद्यालयका ३ सय ११ जना बिध्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी बिषको परिक्षा दिने भनिए पनि जम्मा ३ सय १ जनाले मात्र परिक्षामा सहभागिता जनाएका छन । 

जसमा जनकल्याण मा.बि.का ३ जना छात्रा र ७ जना छात्रहरुको परिक्षमा अनुपस्थिती रहेको क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले बताए । 
परिक्षाको वातावरण शान्त भएको र परिक्षामा कुनै किसिमको अप्थ्यारो भने नभएको जनकल्याण मा.बि.का परिक्षार्थीहरुले बताए । उता बज्रबाराही मा.बि.का परिक्षार्थीहरुले भने बत्ति नआएको कारण कक्षा कोठा अध्यारो भएको, शौचालय फोहोर भएको गुनासो गरेका छन ।

१/२ जना शारीरिक रुपमा अशक्त बिद्यार्थीहरु भए पनि समय नै थप गर्नु पर्ने र छुट्टै ब्यवस्था गर्नु पर्ने अवस्था भने नरहेको क्याम्पसका लेखापाल रायमाझीले बताए ।
बज्रबाराही र स्वच्छन्द भैरब मा.बि का शिक्षकहरुले परिक्षामा आफ्ना बिद्यार्थीहरुलाई पक्षपात गर्ने गरेको भन्दै गुनासो गरेका छन । गुनासो प्रति क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष रामहरि अधिकारील भने पक्षपात नगरेको र जनकल्याणको बिद्यार्थीहरु तुलनात्मक रुपमा पनि धेरै भएको कारण पातलो रुपमा मिसाएर राख्न नसकिने भएकोले उक्त टिप्पणी यथार्थ परक नभएको बताए । 

उनका अनुसार धेरै किद्यार्थीहरु भएकोले शौचालय फोहोर भए पनि समय समयामा सरसफाई गर्दै गरेको र बिजुलीको बिषयमा भने राष्ट्रिय समस्याको रुपमा नै समस्या भएकोले क्याम्पसले समाधान गर्न नसकिने बताए ।
राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने १०ं२ को परिक्षा शुक्रवार बैशाख १४ गतेदेखि बैशाख २७ गते सम्म सञ्चालन हुनेछ

 

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।