Monday, 15th June, 2026
वि.स.

१०२ स्थानीय तहको नाम र केन्द्र परिर्वतन

तीन बर्षअघि गठन भएको हालका गाउँपालिका र नगरपालिकाहरूमध्ये १ सय २ ले आफ्नो केन्द्र र नाम परिर्वतन गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशका ८ स्थानीय तहले केन्द्र परिर्वतन गरेका छन् ।

यसैगरि कर्णालीका ४ स्थानीय तहले नाम र केन्द्र परिर्वतन गरेका छन् भने नाम कसैले फेरेका छैनन् । गण्डकी प्रदेशका २० स्थानीय तहमध्ये ११ ले केन्द्र, ८ ले नाम, ३ ले नाम र केन्द्र दुवै परिर्वतन गरेका छन् । प्रदेश १ मा पनि २० स्थानीय तहमध्ये ८ ले नाम, ८ ले केन्द्र र ४ ले नाम र केन्द्र दुबै परिर्वतन गरेका छन् । प्रदेश २ को ६ स्थानीय तहमध्ये ४ ले केन्द्र, १ ले नाम र १ ले नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् ।

प्रदेश ३ को १६ स्थानीय तहमध्ये १२ ले केन्द्र र ४ ले नाम र केन्द्र दुवै परिर्वतन गरेका छन् । प्रदेश ५ का १४ स्थानीय तहमध्ये ११ ले केन्द्र र ३ ले नाम र केन्द्र परिर्वतन गरेका छन् । प्रदेश ३ र ५ मा भने कुनै पनि स्थानीय तहले नाम परिर्वतन गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका १४ स्थानीय तहमध्ये ८ ले केन्द्र, ३ ले नाम र ३ ले नाम र केन्द्र परिर्वतन गरेका छन् ।

गाउँपालिका र नगरपालिकाको सभाले नाम र संख्या फेर्ने प्रस्तावलाई न्यूनतम् २ तिहाई मतले पारित गर्नु पर्छ । पारित भएको उक्त प्रस्तावलाई प्रदेशमार्फत संघीय मन्त्रीपरिषदमा पेस गर्नु पर्ने व्यवस्था छ । संघीय मन्त्रीपरिषदले स्वीकृति दिएर राजपत्रमा प्रकाशित भए पछि कार्यान्वयन हुने व्यवस्था छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०