nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा १ नकौलीमा वामगठबन्धनको चुनावी सभा

वामगठबन्धनको हेटौंडा १ नकौलीमा सोमबार चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अब केन्द्र सरकार र प्रदेश सरकार दुबैमा वामगठबन्धनले नेतृत्व लिने बताएका छन् । कम्युनिष्टहरुको लालकिल्ला मकवानपुरको इतिहास कायम राखी समृद्ध नेपाल निर्माणका लागि पनि वामगठबन्धनले जित्नुपर्ने बताए । खतिवडाले वाम शक्तिले सरकारको नेतृत्व गर्दा मात्र नेपालमा राम्रा तथा उल्लेख्य काम भएको भन्दै  खतिवडाले अब हुने निर्वाचनमा वाम शक्तिलाई बहुमत दिलाउनुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा क का उम्मेद्वार कुमारी मोक्तानले नयाँ नेपालको निर्माणको अभियानको सुरुवात नेपालमा कम्युनिष्टहरुले गरेको भन्दै अवको नेतृत्व पनि कम्युनिष्टले गर्नुपर्ने बताईन् । 

आगामी निर्वाचनमा कम्युनिष्टलाई मतदान गरि विजयी बनाउनको लागि मतदातालाई उनले आग्रह गरिन् । कार्यक्रममा प्रतिनिधी सभा २ नम्बर क्षेत्रका निर्बाचन परीचालन कमिटिका संयोजक एकालाल श्रेष्ठ, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य प्रकाश पाण्डे, नारायण देवकोटा लगायतले बोलेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)