Thursday, 10th September, 2026
वि.स.

हेटौंडा ११ मा बृहत युवा भेला

वामगठबन्धनको हेटौंडा ११ मा बृहत युवा भेला भएको छ । भेलामा बोल्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलले वामगठबन्धनको जितमा युवाहरुको महत्वपूर्ण भुमिका हुने बताईन् । युवाहरुको भुमिकाले देश अग्रगतीमा जाने र युवाको सम्मान पनि वामगठबन्धनले गर्ने उनको भनाई थियो ।


 युवा संघ ११ नम्बर वडाध्यक्ष बिकास बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य रामेश्वर राना, जिल्ला सचिब एकालाल श्रेष्ठ, सचिबालय सदस्य श्रीधर पोख्रेल, एमाले नेता प्रल्हाद लामीछाने, माओबादि केन्द्रका जिल्ला सचिवालय सदस्य सागर बानियाँ, हेटौंडा ११ का वडाध्यक्ष गोकर्ण पराजुली, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईं, वाइसिएल जिल्ला सचिब लबराज ठकुरी, युवा संघ नगर अध्यक्ष तिर्थ रोक्का,  माओबादि केन्द्र हेटौंडा ११ अध्यक्ष देबनारायण चौलागाईंलगायत सहभागि थिए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०