nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा र भिमफेदीको दुर्घटनामा दुईजनाको मृत्यू

मकवानपुरको हेटौंडा– १० र भीमफेदी –६ माण्डुमा भएको भिन्दा भिन्दै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

९ असोज बिहान भिमफेदी गाउँपालिका माण्डुस्थित भित्रि सडकमा ना ६ त ६०३५ नम्बरको खाली ट्रयाक्टर पल्टिदा चालकसहित एक जनाको मृत्यु भएको छ । अरु तीन जना घाईते भएका छन् । मुत्यु हुनेमा भिमफेदी ३ वस्ने उमेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा भिमफेदी ३ बस्ने १८ बर्षीय दुर्गा कार्की, २० बर्षीय राजु बस्नेत र सोही ठाउँ बस्ने १७ बर्षीय राजिव पोखरेल रहेको र घाइते तिनै जनाको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ९ असोज बिहान सिलगुडीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदा मुत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मुत्यु हुनेमा हेटौंडा ११ डेरा गरी बस्ने चश्म भक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रेष्ठको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)