Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा कपडा उद्योग १६ वर्षपछि संचालन हुने भयो

१६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग संचालन हुने भएको छ । नेपाल सरकार र मुलुकका तीन सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा उद्योग चल्ने भएको हो । उद्योग संचालनका लागि नेपाल सरकारको २५ प्रतिशत र तीन सुरक्षा निकायको समान  २५/२५ प्रतिशत शेयर लगानी गरेर हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

उद्योग संचालनको लागि तीन वटै सुरक्षा निकायले सहमति जनाइसकेको बताउँदे मन्त्री जोशीले भने, ‘आर्थिक स्रोतको व्यवस्थापन भने कल्याणकारी कोषबाट गर्ने तयारी भएको छ ।’ पहिलो चरणमा करिव १० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्ने र त्यसपछि निजी क्षेत्रलाई समेत प्रस्ताव गरेर उद्योग सञ्चालनमा शेयर दिने तयारी भएको मन्त्री जोशीले बताए । मन्त्रालयले उद्योग सञ्चालनको कार्ययोजना भने १५ दिनपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ ।

उद्योग राजनैतिक हस्तक्षेप र घाटामा सञ्चालन भएको भन्दै २०५७ सालदेखि पूर्णरुपमा बन्द छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०