nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा उपमहानगरले इजलास सुरु गर्‍यो

हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक समितिले इजलास सुरु गरको छ । स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन गरेपछि उपमहानगरपालिकाले जिल्लामै पहिलो पटक इजलास शुरु गरेको हो । अदालत पुग्नुपूर्व उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठन भएको समितिले १४ फागुनबाट इजलास सञ्चालनमा ल्याएको हो ।

इजलासले १४ फागुनमै नै सम्बन्ध बिच्छेदका लागि परेको मुद्धाको फैसला गरेको छ । उपमहानगरपालिकामा न्यायिक समितिको १४ फागुनमा भएको पहिलो इजलासले  २२  कात्तिक ०७४ मा सम्बन्ध बिच्छेद सम्बन्धी परेको मुद्दाका बादीप्रतिबादीलाई उपस्थित गराएर मेलमिलाप गराएको छ । 

स्थानीय तहमा कानुनी अधिकार प्रत्यायोजन भएपछि समितिले अधिकार प्राप्त उपमहानगरपालिकाले हेर्ने २४ वटा मुद्धा मध्ये १३ वटा विषयमा सुनुवाई गर्नेछ भने ११ वटा बिषयमा मेलमिलाप गराइने संयोजक लामाले बताइन् । न्यायिक इजलासले गरेको फैसलाप्रति चित्त नबुझेमा पुनराबेदनको लागि अदालतमा समेत जान सकिने छ । न्यायिक समितिमा हालसम्म १० वटा विषयमा उजुरी दर्ता भएको समितिले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकामा गठित न्यायिक इजलासले साताको एकदिन हरेक शुक्रबार इजलास सञ्चालन गर्ने बताइएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)